पोखरा कप क्रिकेट: सेमिफाइलन समिकरण पूरा

मदरल्याण्डसँग प्रतिभा, गण्डकी र अमरसिंह भिड्ने

पाेखरा | फागुन १४, २०८०

पोखरा कप क्रिकेट: सेमिफाइलन समिकरण पूरा

पोखरा:    एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । 


पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा मदरल्याण्ड मावी, प्रतिभा मावी, गण्डकी बोर्डिङ स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका हुन् । 


बि–बग इभेन्ट्सको आयोजना र एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा भएको प्रतियोगितामा सेमिफाइनल खेल मंगलबार हुनेछ । 


पहिलो सेमिफानइलम मदरल्यान्ड र प्रतिभा मावीबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइलनमा गण्डकी बोर्डिङ र अंमरसिंह मावि भिड्नेछन् । सेमिफाइनल खेलका विजेताले बुधबार उपाधि भिडन्त तय गर्नेछन् ।


सोमबार भएको खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । 


अंमरसिंहले नेपाल भारतमैत्री विद्यालयलाई ६८ रनले पराजित गर्दै सेमिफाइलनमा प्रवेश ग¥यो । मदरल्यान्ड र गण्डकी बोर्डिङ यसअघि नै सेमिफाइलन प्रवेश गरिसकेका थिए । 


पहिलो खेलमा कुमुदिनीले दिएको ३६ रनले लक्ष्य प्रतिभाले २ ओभर १ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । प्रतिभाका लागि रोशन पौडेल, निश्चल श्रेष्ठले ९÷९ र बब्लु शाहले ६ रन बनाए । बलिङमा कुमुदिनीका लक्की गुप्ताले एक विकेट लिए । 


यसअघि पहिला ब्याटिङ गरेको कुमुदिनी ९ ओभर ४ बलमा ३५ रनमा समेटिएको थियो । कुमुदिनीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा प्रतिभाका सन्देश गिरीले सर्वाधिक ५ विकेट लिए । सन्देश प्लेयर अफ द म्याच घोषित भए । 


दोस्रो खेलमा अंमरसिंहले दिएको १०५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल भारतमैत्री मात्र ३६ रनमा समेटियो ।


अंमरसिंहका बलरसामु नेपाल भारतमैत्रीका लागि कुनै पनि ब्याटर जमेर खेल्न सकेनन् । अंमरसिंहका सत्कार चालिसे, कृतज्ञ अधिकारी, प्रसन्न भण्डारी र कल्यान कुमालले २÷२ विकेट लिए । 


यसअघि पहिला ब्याटिङ गरेको अंमरसिंहले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । अंमरसिंहका बिमोचन सापकोटाले सर्वाधिक ३० रन जोडेका थिए । बलिङमा नेपाल भारतमैत्रीका लागि अलोक गुप्ताले ३ विकेट लिए । सुमन पन्त प्लेयर अफ द म्याच चुनिए ।  


प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी थिए । उपाधि विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् । 


 

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्